बाँकेमा आइतवारदेखि भेरोसेल खोप लगाउन शुरु

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार १४:१५
 

नेपालगञ्ज : बाँकेमा आजदेखि पुनः कोरोना भाइरस विरुद्धको खोप भेरोसेल लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिले प्राप्त भेरोसेल खोप जिल्लामा दुई चरणमा लगाइनेछ । पहिलो चरणमा आजदेखि ५ गतेसम्म चार वटा पालिकामा भेरोसेल खोपको पहिलो डोज लगाइनेछ । बैजनाथ, डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा खोप लगाइँदैछ ।

५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका पहिलो डोज लगाउन बाँकि नागरिक, प्राध्यापक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक–सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकि ब्यक्तिहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


अन्य चार पालिकामा भने साउन १० देखि १२ गतेसम्म खोप लगाइने छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकीमा साउन १० देखि १२ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइनेछ ।

५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र र शिक्षक–कर्मचारीको हकमा संस्थाले जारी गरेको परिचयपत्र लिएर खोप लगाउन जानुपर्ने छ । सबै वडाका स्वास्थ्य संस्थाहरुबाट खोप दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबैभन्दा बढी नेपालगञ्जमा बर्षा

३ श्रावण २०७८, आईतवार १४:१५
नेपालगञ्ज : देशभरमा सबैभन्दा बढी बर्षा नेपालगन्जमा भएको छ । आइतवार बिहान ३ बजेदेखि नेपालगञ्जमा लगातार भारी बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा हुने समय लम्बिएको छ । महाशाखाले आइतबारदेखि मंगलबारसम्म तीन दिन नेपालमा समान्यदेखि अतिभारीसम्म वर्षा हुने जनाएको छ । महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको […]