कार्यक्रममा ६७ जनाले गरे रक्तदान

सदरलाइन संवाददाता २ श्रावण २०७८, शनिबार १८:२५
 

नेपालगञ्ज : ‘दान मध्येको महादान, रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ नेपालगञ्ज जुता चप्पल व्यवसायी संघद्धारा शनिवार गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले रक्तदान गरेका छन् ।

नेपालगञ्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमका नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि अव्दुलवाहिद मन्सुरी, अतिथि लगायतले रगत संकल गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपालगञ्ज जुता चप्पल व्यवसायी संघका महासचिव कुलराज सञ्जनद्वारा सञ्चालित कार्यक्रममा, अतिथिहरुमा नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, नविल बैंक नेपालगञ्ज शाखाका प्रबन्धक ओमकार काफ्ले, सहायक प्रबन्धक कृष्ण पुरासाई, खुद्रा व्यवसायी संघका अध्यक्ष शिव दाहाल, रेडिमेड व्यवसायी संघका सचिव सन्तोष पौडेल, संघका कार्यसमितिका पदाधिकारी, अन्य व्यवसायीहरुको पनि रक्तदान कार्यक्रम उपस्थिति रहेको थियो ।


कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले रक्तदान गरेको नेपालगञ्ज जुता चप्पल व्यवसायी संघका अध्यक्ष कमल प्रसाद पौडेलले बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित भेरी अस्पताल नेपालगञ्जको प्राङ्गणमा रहेको प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर, एलिजा चौधरी, हिमाँशु मौर्या, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिकमा सहयोग गरेका थिए ।

रक्तदाताहरुको हौसला बढाउनका लागि आयोजकले प्रमाण–पत्र पनि प्रदान गरेको थियो । अहिलेको अवस्थामा प्रत्येक दिन बिरामीलाई २० देखि ३० पाकेटसम्म रगतको माँग भईरहेको छ । त्यसैले गर्दा बाँके जिल्लाका विभिन्न संघ संस्थाहरुसंग रक्तदान गर्न हामीले अनुरोध गरेका छौं प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ८२ वर्षिया महिलाको हत्या

२ श्रावण २०७८, शनिबार १८:२५
कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–११ एकता नगरमा जष्ेठ नागरिक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार मृतकको टाउकोमा गम्भीर चोट छ । मृतक महिला ८२ वर्षिया साउली कार्की भएको खुल्न आएको छ । घरमै रहेको अवस्थामा उनको टाउकोमा प्रहार […]

सम्बन्धित