नेपालगञ्जमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १६:२८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान सहित विदाई गरेको छ ।

शुक्रबार मेयर डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गरे ।

६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताउनुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपिया मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो ।


नेपालगञ्जमा २०१ जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।

महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, गीता राणा लगायतले आफुहरुले लामो समयसम्म सेवा गरेपनि विदाई हुनेक्रममा सरकारबाट प्रर्याप्त सहयोग नपाएको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवारदेखि भेरोसेलको पहिलो मात्रा लगाइने

१ श्रावण २०७८, शुक्रबार १६:२८
नेपालगञ्ज : श्रावण ३ गतेदेखि ५ गतेसम्म बाँकेमा भेरोसेलको पहिलो मात्रा लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो । जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतवारदेखि खोपको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी […]