मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलित

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १४:३५
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मासिक तलव, कोभिड भत्ता पाउनु पर्ने माग राखेर आज प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।

उनीहरुले तीन महिनादेखि तलव भत्ता नपाएको बताएका छन् । आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् ।


आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् । अस्पतालले भने एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ ।

अस्पतालका उपनिर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताए । ‘तलवभत्ता नदिने भनेका छैनौं उनले भने–‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ । लोनको प्रोसेसमा छौं साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’ उनले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकका लागि क्षमता विकास तालिम शुरु

१ श्रावण २०७८, शुक्रबार १४:३५
बर्दिया : विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बर्दियाका ४ स्थानीय तहका कक्षा शिक्षकलाई लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तालिम गुलरियामा सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन […]