नयाँ शैक्षिक सत्रदेखि नेपालगञ्जमा गल्र्स कलेज सञ्चालन हुने

सदरलाइन संवाददाता १४ असार २०७८, सोमबार १६:३७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिक सत्रदेखि शुरु हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आइतबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसँग छलफलपछि नेपालगञ्ज फर्किएको टोली आज पनि नगरप्रमुख डा.धवलशम्शेर राणा सहितको छलफलमा छ । कलेज सञ्चालनका लागि असार १० गते भएको ९औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिए ।


पहिलो वर्ष बिएससी सिएसआइटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्वविद्यालयमा पेश गरिने शाखा प्रमुख थापाले बताए ।

नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरी कलेज स्थापना गर्न लागिएको हो । कलेज सञ्चालनका लागि निर्माण भइरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ । मेयर राणाले नेपालगञ्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरी शुवरुातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पूरा हुने चरणमा पुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३८ जनामा कोरोना पुष्टि

१४ असार २०७८, सोमबार १६:३७
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १४९ नमुना परीक्षण गर्दा ३१, मेडिकल कलेजमा २८ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण […]

सम्बन्धित