पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार ११:०७
 

काठमाण्डौ : मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरू भएको छ । मनसुनी वायुकै प्रभावले मंगलवार देशका पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो र राति प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ । ‘देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गन्धर्व परिवारलाई बर्दिया प्रहरीद्वारा स्वास्थ्य सामाग्री वितरण

१ असार २०७८, मंगलवार ११:०७
बर्दिया :  जिल्ला प्रहरी कार्यालय बर्दियाले कोभिड–१९ महामारीको संक्रमणको जोखिम न्यूनीकरणमा सघाउ पुराउने उद्देश्यका साथ गन्र्धब परिवारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा बस्दै आएका गन्धर्व समेदायको बस्तीमै पुगेर गन्धर्व समुदायका ७० घर–परिवारका निम्ति मास्क र साबुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको बर्दिया […]