भारतमा अहिलेसम्मकै धेरै संक्रमितको निधन

सदरलाइन संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १०:४९
 

काठमाण्डौ : छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो ।

भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको हो ।

भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए ।


यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।तर यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही दिनदेखि सङ्क्रमण घट्दो क्रममा रहेको हो ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ ।दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् ।

३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ । उपचाररत सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीका लागि नेपालगन्ज– १८ का वडाध्यक्ष बर्माद्वारा स्वास्थ्य सामाग्री सहयोग

४ जेष्ठ २०७८, मंगलवार १०:४९
  नेपालगन्ज: कोरोना महाहारी नियन्त्रणमा फ्रन्टलाइनमा काम गरिरहेका प्रहरीका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्माले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमै पुगेर वडाध्यक्ष बर्माले प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् । दोस्रो […]