नेपालगञ्ज : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै नियुक्त गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दाबी पेश गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।