२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सर्वोच्च अदालतले भन्यो ‘स्टिङ अप्रेसन’ अवैध



काठमाडौं : भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गर्ने ‘स्टिङ अप्रेसन’  लाई  सर्वोच्च  अदालतले  अवैध  ठहर  गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २०७८ वैशाख ८ गते बुधबार
ताजा समाचार