नेपालगञ्ज : बिहीवार अप्रिल महिनाको १ तारिख अर्थात अप्रिल फुल डे । हरेक वर्षको अप्रिल पहिलो तारिखमा अप्रिल फुल मनाउने गरिन्छ । यो दिन एकले अर्कोलाई झुक्याएर खुशी साटासाट गरिन्छ । यसदिन झुठो बोले पनि छुट हुने मान्यता रहँदै आएको छ ।
विशेषगरी बालबालिकाहरु अप्रिल फुल मनाएर खुशी हुने गर्छन् । युवामाझ यो दिन झुठो बोलेर दुःख दिने गरेको पनि पाइएको छ ।
अप्रिल फुल मनाउन कहिलेदेखि थालियो भन्ने यकिन छैन । तर इतिहासकारहरुका अनुसार अप्रिल फुलको शुरुआत सन् १५८२ देखि भएको हो ।
फ्रान्समा जुलियन क्यालेन्डरको सट्टा ग्रेगोरियन क्यालेन्डर अपनाइएको थियो ।