नेपालगञ्जका सबै विद्यालय तीन दिन बन्द

सदरलाइन संवाददाता १८ माघ २०७७, आईतवार १७:१५
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालय माघ १९ गतेदेखि २१ गतेसम्म बिदा गर्ने निर्णय भएको छ ।


मौसम अनुकुल भई घाम लागेको खण्डमा माघ २२ गतेबाट विद्यालय सञ्चालन गर्न आग्रह गर्दै उपमहानगरपालिकाले मौसम प्रतिकुल रहेको अवस्थामा भने शुक्रबारसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

बाँकेमा पछिल्लो समय चिसो अत्याधिक बढेको छ । चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् ।

Next Post

नरैनापुरको जमुनाहाबाट हरिणको उद्धार

१८ माघ २०७७, आईतवार १७:१५
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा एक माउ हरिणको उद्धार गरिएको छ । नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन् । आइतवार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद […]