बाँकेमा सोमवार २० जना डिस्चार्ज

सदरलाइन संवाददाता २९ मंसिर २०७७, सोमबार १५:३०
 

नेपालगञ्ज : बाँकेमा सोमवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ३८ जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार १ सय ६३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

जमुनाहा नाकामा स्थायी हेल्थडेस्क स्थापना हुने

२९ मंसिर २०७७, सोमबार १५:३०
नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा स्थायीरुपमा हेल्थडेस्क स्थापना हुने भएको छ । ५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दीसमेत स्वीकृत गरिसकेको छ । कोभिड–१९ लगायत अन्य संक्रमक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन […]