२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी



काठमाण्डौ : अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले पछिल्लो मत परिणामाअनुसार २ सय ७९ इलेक्टोरल मत प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेन जितेका हुन् । उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल मत प्राप्त गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन् । तर अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिकरुपमा विजेता भने घोषणा गरिएको छैन ।

राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन् । तर ट्रम्पले यो हार स्वीकार गरिसकेका छैनन् ।

प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार
ताजा समाचार