नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक शपिङ कम्पलेक्श निर्माण गर्ने भएको छ । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीवार बसेको कार्यपालिका बैठकले शपिङ कम्पलेक्श निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङसहितको शपिङ कम्पलेक्श निर्माण गर्ने योजना रहेको छ । यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा चिल्डे«न पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेनपार्कसहित ब्यवस्थित पार्किङस्थलसमेत बनाइने भएको छ ।