२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

वागेश्वरी क्याम्पसमा ‘सहायता कक्ष’ सञ्चालन



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । मंसीर १४ गतेबाट सञ्चालन हुन गईरहेको स्नातक र स्नातकोत्तर तहको परीक्षालाई लक्षित गर्दै क्याम्पस हाताभित्र सहायता कक्ष स्थापना गरिएको हो ।

कोभिड–१९ का कारण परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताकालागि हेल्प डेस्क सञ्चालन गरिएको अनेरास्ववियू वागेश्वरी बहुमुखी क्याम्पस कमिटिका संयोजक अमृत खत्रीले जानकारी दिए ।

स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्कमार्फत अनलाईन तथा लिखित फारामका बारेमा जानकारी प्रदान गर्दै आएको खत्रीले बताए ।

क्याम्पसमा अनलाईन विधिद्वारा पहिलो पटक परीक्षा सञ्चालन हुन गईरहेकाले धेरै विद्यार्थीमा अनलाईन प्रणालीबारे अन्यौलता रहेकाले हेल्प डेस्कको आवश्यकता महशुस भएको बताउँदै खत्रीले सबै तहका परीक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क सञ्चालन गरेको दाबी गरे ।

प्रकाशित मिति : २०७७ कात्तिक २ गते आइतबार
ताजा समाचार