२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेबाट एकचालिस जना कोरोनामुक्त



नेपालगञ्ज : बाँकेबाट आइतवार ४१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्लाको विभिन्न आइसोलेशनमा बसेका उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् ।

भदौं २१ गते भर्ना भएका ८ महिला ३३ पुरुष गरी ४१ जना आइतवार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ४४ पुगेको छ ।

अब जिल्लाको विभिन्न आइसोलेशनमा अन्य जिल्लाका २ र बाँकेका ३ सय ३६ गरी ३ सय ३८ जना उपचाररत रहेको र १० जनाको मृत्यु भइसकेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतबार
ताजा समाचार