नेपालगञ्ज : नेपला सरकारले थप एक महिनाका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने निर्णय गरेपनि अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय गरेको छ ।
यस्तै भारतबाट थप २ नाका अर्थात् इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय गरेको छ । यस्तै चीनको रसुवागढी नाकाबाट नेपाल प्रवेश खुल्ला गर्ने निर्णय भएको छ ।