खजुरा गाउपालिका अध्यक्ष कक्षपतिलाई कोरोना संक्रमण

सदरलाइन संवाददाता २८ भाद्र २०७७, आईतवार २०:१३
 

खजुरा (बाँके) : कोरोना कहरमा फ्रन्टलाईनमा रहेर जनताको सेवामा लागि परेका खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित आईतबार बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आफुलाई संक्रमण पुष्टि भएसगै खजुरा गाउपालिकाका अध्यक्ष कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगे पनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कक्षपतिसगै बाँकेमा आइतबार २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


बाँकेमा आइतबार थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगञ्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४० पुगेको छ जसमा ९ सय ९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।

Next Post

बाँकेमा सोमवार ४० जना डिस्चार्ज हुँदै

२८ भाद्र २०७७, आईतवार २०:१३
नेपालगञ्ज : बाँकेबाट सोमवार ४० जना कोरोना संक्रमणमुक्त भएर घर फर्कंदै छन् । विभिन्न आइसोलेशन केन्द्रमा उपचाररत १६ महिला र २४ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार नाघेको छ । बाँकेमा भेटिएका […]