नेपालगञ्ज : बाँकेमा आइतवार थप १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । होटल इन्द्रेणीबाट ५ जना, लायन्स डेण्टलबाट ३ जना तथा मेडिकल कलेज चिसापानी आइसोलेशन, होटल सिटी प्यालेस, खुल्ला कारागार आइसोलेशन र आदर्शनगर आइसोलेशनबाट एकएक जना डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ९ सय ९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब आइसोलेशनमा बाँकेमा ४ सय १५ र अन्य जिल्लाका ५ जना गरी ४ सय २० जना छन् ।
बाँकेमा हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ भने ८ जनाको मृत्युु भइसकेको छ ।