बाँकेमा बुधवार ७७ जना डिस्चार्ज

; २४ भाद्र २०७७, बुधबार ०९:२४
 

नेपालगञ्ज : बाँकेमा बुधवार ७७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक डाक्टर, नर्स र कोहलपुरस्थित कौशिल्यानगर व्यारेकका ५१ जना नेपाली सेनासहित ७७ डिस्चार्ज भएका हुन् ।

उनीहरु १४ दिने आइसोलेशनको बसाईपछि बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुमा भदौ १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।


हाल जिल्लाका विभिन्न आइसोलेशनमा ३ सय ५० जना रहेका छन् । कोरोना संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

बाँकेमा सेनाका जवानद्वारा प्लाज्मा दान

२४ भाद्र २०७७, बुधबार ०९:२४
नेपालगञ्ज : नेपालगञ्जमा नेपाली सेनाका एक जवानले प्लाज्मा दाने गरेका छन् । कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापीबाट उपचारका लागि सेनाका जवान रामहरी अधिकारीले बुधवार प्लाज्मा दान गरेका हुन् । उदयपुरको कटारी स्थायी ठेगाना भएका जवान अधिकारीले रक्तदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । जवान अधिकारी नेपाली […]