नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा पछिल्लो पटक भएको परीक्षणबाट बाँकेका १४ जनासहित ३३ जनामा कोरोरनो पष्टि भएको हो ।
बाँकेको नरैनापुर, नेपालगञ्ज १, २, ४, ७, १०, १६ र १८ नम्बर वडा र एक जना उच्च अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाँकेबाहेक नवलपरासी, बर्दिया बाँसगढीका १२, बढैयातालका २, मोरङ्गका १, बारबर्दियाका १, सिरहाका १ र सुनसरीका २ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।