चौधरी ग्रुप बाँसगढीमा कार्यरत ४२ जना मजदुरमा कोरोना संक्रमण

सदरलाइन संवाददाता २१ भाद्र २०७७, आईतवार १९:१६
 

गुलरिया (बर्दिया) : चौधरी ग्रुप (सिजी फुड्स) द्वारा बर्दियाको बाँसगढीमा सञ्चालित कारखानामा कार्यरत ४२ जनामा मजदुरमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जको कारोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन ।


जसमध्य ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना बर्दियाका हुन भने अन्य ४ जना विभिन्न जिल्लाका भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

 

Next Post

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

२१ भाद्र २०७७, आईतवार १९:१६
नेपालगञ्ज  :  बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमणबाट आईतबार मृत्यु हुनेमा नेपालगञ्ज वडा नं–९ का ५९ वर्षिय पुरुष हुन । उनकोे आइतबार […]