भेरीको परीक्षणमा सोह्र जनामा कोरोना पुष्टि

; २० भाद्र २०७७, शनिबार १६:१३
 

नेपालगञ्ज : बाँकेका ७ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका ६, कोहलपुरका १, बर्दियाका ६, सुर्खेतका २ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो ।


सुर्खेतबाट उपचारकालागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएकी महिलामा संक्रमण देखिएको हो । भेरी अस्पतालले शनिवार दिउँसो जारी गरेको विवरणअनुसार १ सय ९२ जनाको कोरोना परीक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

Next Post

बाँकेमा आठ जना डिस्चार्ज

२० भाद्र २०७७, शनिबार १६:१३
नेपालगञ्ज : बाँकेबाट आइतवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १४ दिने आइसोलेशनमा बसेपछि उनिहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आइतवार डिस्चार्ज हुनेमा ३ वर्षीय बालिकादेखि ६० वर्ष उमेर समुहका ६ महिला र २ पुरुष रहेका छन् । नेपालगञ्ज, कोहलपुर […]

सम्बन्धित