अब भेरी अस्पतालमा २२ सयमै कोरोना जाँच

सदरलाइन संवाददाता १९ भाद्र २०७७, शुक्रबार ११:२८
 

नेपालगञ्ज : कोरोनो जाँचको दायरा बढाउन चौतर्फि माग उठी रहेको बेलामा नेपालगञ्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । यो स्व–ईच्छाले र कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्ति बाहेकले शुल्क तिरेर जाँच गराउन सक्ने छन् ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको समितिका अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।


उनले सो निर्णय बारे सूचना जारी गर्दै स्वईच्छाले र शुल्क तिरेर जाँच गराउन सक्नेका लागि सहज भएको उल्लेख गरे । ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको छ ।’

Next Post

बाँकेमा शुक्रवारदेखि दुई दिने निषेधाज्ञा जारी

१९ भाद्र २०७७, शुक्रबार ११:२८
  नेपालगञ्ज : बाँकेमा शुक्रवारदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । आज र भोली दुई दिनका लागि बाँकेमा निषेधाज्ञा जारी गरिएको हो । हरेक साता शुक्रवार र शनिवार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएअनुसार कार्यान्वयनमा ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बाँके प्रशासनले निषेधाज्ञाको […]