शुक्रबार बाँकेमा २० जना कोरोना मुक्त

सदरलाइन संवाददाता १९ भाद्र २०७७, शुक्रबार ११:०२
 

नेपालगञ्ज  :  बाँकेका विभिन्न आईशोलेशनबाट १५ पुरुष र ५ महिला गरी शुक्रबार २० जना कोरोना संक्रमण मुक्त डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानी आइसोलेसन र गनापुरस्थित खुला कारागारबाट ६/६ जना, खजुराको क्यान्सर अस्पताल र न्यू इन्द्रेणी होटलबाट ३/३ जना र भेरी अस्पतालको आइसोलेसनबाट २ जना डिस्चार्ज भएका हुन् ।


बाँकेमा हालसम्म एक हजार एक सय ३९ जना संक्रमित रहेकोमा कोरोना निको भएर ८ सय ३ जना डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनमा उपचार गराइरहेकाहरु ३ सय ३० जना संक्रमित रहेका छन् । बाँकेमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् ।

 

 

Next Post

अब भेरी अस्पतालमा २२ सयमै कोरोना जाँच

१९ भाद्र २०७७, शुक्रबार ११:०२
नेपालगञ्ज : कोरोनो जाँचको दायरा बढाउन चौतर्फि माग उठी रहेको बेलामा नेपालगञ्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । यो स्व–ईच्छाले र कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्ति बाहेकले शुल्क तिरेर जाँच गराउन सक्ने छन् । भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न […]