२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा १६ जना कोरोनामुक्त भई डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार कोरोनामुक्त भई १६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना मुक्त भई १६ जना डिस्चार्ज भएका हुन लागेका हुन् ।

योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या ७ सय ४६ पुगेको छ । भदौ २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो ।

आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गरिएको श्रेष्ठले बताए । बाँकेमा हालसम्म १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भदौ १६ गते मंगलबार
ताजा समाचार