डाक्टर र सुरक्षाकर्मीसहित बाँकेमा थपिए ३३ संक्रमित

; ११ भाद्र २०७७, बिहीबार १६:४४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका डक्टरसहित बाँकेका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परिक्षणमा भेरीमै कार्यरत २ डाक्टर, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका ६ जना नेपाली सेना तथा कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य गरी ३३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


नयाँ संक्रमितमध्ये नेपालगञ्जका दुई जना डक्टर सहित १२ जना, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगरका ६ नेपाली सेना सहित कोहलपुरका १३, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका एकएक जना रहेका छन । संक्रमितहरु ६ वार्षीया बालिकादेखि ५८ वर्षीय पुरुषसम्म रहेका छन ।

योसंग बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ भने ६ सय ८२ जना संक्रमित उपचारपछि निको भइ घर गएका छन् ।

Next Post

सेवासम्बन्धी जानकारी अब सुबिसुको सेल्फ केयर पोर्टलबाट

११ भाद्र २०७७, बिहीबार १६:४४
नेपालगञ्ज :  सुबिसु केबल नेट प्रालिले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीको परिचय बनाउन सफल सुबिसुले समयको माग अनुसारको सेवा विस्तार गर्दै सो सेवा सञ्चालनमा ल्याएको हो । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले […]