बिहीवार थप २२ जना कोरोनामुक्त

; ११ भाद्र २०७७, बिहीबार १४:२२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । खुल्ला कारागार आइसोलेशन गनापुरबाट ६ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट ५, होटेल सिटी प्यालेस आइसोलेशनबाट ४, लायन्स डेण्टल अस्पतालबाट ३, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट २ तथा आदर्शनगर आइसोलेशन नेपालगञ्ज र कृषि तालिम केन्द्र आइसोलेशनबाट एकएक जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या ६ सय ८२ पुगेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ३३ र अन्य जिल्लाका १ जना गरी २ सय ३४ जना छन् ।

Next Post

डाक्टर र सुरक्षाकर्मीसहित बाँकेमा थपिए ३३ संक्रमित

११ भाद्र २०७७, बिहीबार १४:२२
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका डक्टरसहित बाँकेका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परिक्षणमा भेरीमै कार्यरत २ डाक्टर, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका ६ जना नेपाली सेना तथा कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य गरी ३३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन […]