नेपालगञ्ज : नेपाल टेलीकमको नेपालगञ्ज दूरसञ्चार कार्यालय अनिश्चितकालका लागि शील गरिएको छ । बुधवार उक्त कार्यालयमा कार्यरत ८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना नभएसम्मका लागि कार्यालय शील गरिएको हो ।
कार्यालयले बुधवार आफ्ना ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक सुचना जारी गर्दै सबै सेवा बन्द गरिएको र कार्यालय शील गरिएको जनाएको छ ।