नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । मेडिकल कलेज कोहलपुरमा उपचाररत नेपालगञ्जका एक संक्रमितको मंगलवार राती १ बजे मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ३७ वर्षीय पुरुषको छातीमा समस्या देखिएपछि उनलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना परीक्षण गरिएपछि संक्रमण पुष्टि भएको थियो । दुबै फोक्सोमा निमोनिया देखिएका संक्रमितको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जका एकएक जनाको मृत्यु भइसकेको छ ।