२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शनिबार २१ जना कोरोना मुक्त भएर घर फर्के



 

नेपालगञ्ज  :  बाँकेमा भादौ ६ गते शनिबार एक उपसचिवसहित २१ जनाले कोरोना जितेर घर फर्केका छन् ।

जिल्ला समन्वय समितिका उपसचिवसहित २१ जना साउन २४ गते संक्रमित भएका उनीहरु संक्रमण जितेर घर फर्केका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।

जिल्लामा शनिबार विहानसम्म ८ सय ७ जना संक्रमित रहेको र यी मध्ये ५ सय ६८ जना डिस्चार्ज भएका छन् । यी मध्ये २ सय ३५ जना सक्रिय संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् । कोरोना संक्रमणको कारण ४ जनाले बाँकेमा ज्यान गुमाउनु परेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ भदौ ६ गते शनिबार
ताजा समाचार