नेपालगञ्ज : बाँकेका विभिन्न आईसोलेशनमा रहेका ९ जनाले कोरोना जितेर घर जाँदै छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकपर्शन नरेश श्रष्ठले दिएको जानकारी अनुसार साउन ३२ गते तीनवटा आईशोलेशनबाट ९ जना डिस्चार्ज हुने भएका हुन ।
आईतबार डिस्चार्ज हुनेहरुमा ६ जना आदर्शनगर आईशोलेशन सेन्टर नेपालगञ्जबाट, २ जना सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराबाट र १ जना धरान आइशोलेशनबाट डिस्चार्ज भएर घर जाने भएका हुन ।
बाँकेमा हालसम्म ७ सय ६ जना संक्रमित रहेको ४ सय ४४ जनाले कोरोना जितेर घर फर्केका छन् भने ७ जना अन्य जिल्लाका गरी २ सय ६६ जना सक्रिय संक्रमित विभिन्न आईशोलेशनमा उपचारत रहेका छन । बाँकेमा कोरोना संक्रमणको कारण ३ जनाले ज्यान गुमाएका छन् ।