बाँकेमा शनिवार थपिए १० कोरोना संक्रमित

३१ श्रावण २०७७, शनिबार १५:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शनिवार १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई उद्धृत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पछिल्लो २४ घण्टामा चारसय ७० नमूना परीक्षण गर्दा बाँकेमा १० जना थपिएको जानकारी दिए ।
योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६ पुगेको छ । संक्रमितमध्ये ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने दुई महिलासहित तीन जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

Next Post

आइतवारदेखि कोहलपुर बन्द हुँदै

३१ श्रावण २०७७, शनिबार १५:२०
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका आइतवारदेखि पूर्णरुपमा बन्द गरिने भएको छ । कोरोनाको जोखिम बढ्दै गएकाले आइतवारदेखि भदौ ५ गते राति १२ बजेसम्म कोहलपुर पूर्णरुपमा बन्द गरिने भएको हो । शनिवार बसेको सर्वपक्षीय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, […]