२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बुधबार बिहानसम्मको नतिजा सबै नेगेटिभ



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधबार बिहान ११ बजेसम्म गरिएको कोरोना परिक्षणको नतिजा सबै नतिजा नेगेटिभ आएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार बुधबार बिहानै आएको नतिजा अनुसार सबै नेगेटिभ आएको हो ।

गत साउन २५ गते संकलन गरिएको भेरी अस्पतालमा क्वाब परिक्षणमा नतिजा नेगेटिभ आएको हो । सो दिन टेलिकमका ४३ जना, प्रहरी अस्पतालबाट ५६ जना र महेन्द्र बहुमुखी क्याम्पसबाट ५० जनाको गरी १४९ जनाको पिसिआर परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको हो ।

गत दुई साता यता बाँकेमा निरन्तर बढ्दो अवस्थामा रहेका कोरोनाको ग्राफलाई बुधबार बिहानको नतिजाले केही राहत दिएको हो ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधबार
ताजा समाचार