सदरलाइनडटकम,
नेपालगञ्ज : एक चिकित्सकसहित मंगलवार बाँकेमा २६ जना कोरोनाका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सकसहित २६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना संक्रमण देखएको छ । भेरी अस्पतालले मंगलवार दिउसो १२ बजे सार्वजनिक गरेको विवरणअनुसार बाँकेका २६ जनासहित विभिन्न जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएको हो ।


