कोरोना संक्रमणबाट बाँकेमा तेस्रो व्यक्तिको मृत्यु

२५ श्रावण २०७७, आईतवार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं. २ की ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ ।

Next Post

किर्ते मुद्दामा फरार साईं पक्राउ

२५ श्रावण २०७७, आईतवार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज : किर्ते मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नागरिकता किर्ते मुद्दामा फरार रहेका नरैनापुर गाउँपालिका वडा नं. २ गंगापुरका ४० वर्षीय सागर अलि साईंलाई प्रहरील पक्राउ गरेको हो । बाँके जिल्ला अदालतबाट ६ महिना कैदसजाय पाएका साईंलाई शनिवार राती ८ बजे पक्राउ गरी […]