बाँकेमा मंगलवारसम्म थपियो निषेधाज्ञा

२३ श्रावण २०७७, शुक्रबार १७:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा गत आइतवारदेखि लगाइएको निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा द्रुत गतिमा बढ्दै जान थालेपछि भोली शनिवारसम्म जारी गरिएको निषेधाज्ञाको समय आगामी मंगलवार रातीसम्म थपिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना संक्रमित बढ्दै गएको र शुक्रवार मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आगामी मंगलवार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थपिएको जानकारी दिए ।

Next Post

तीन दिनका लागि नेपालगञ्ज उपमहानगर ‘शील’

२३ श्रावण २०७७, शुक्रबार १७:४५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको चारै किल्ला शील गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगञ्जलाई भोली शनिवारदेखि शील गर्न लागेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले साउन २४ गते राती १२ […]