सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप चार जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट कोहलपुर ९ की ४१ र ४७ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का १८ बर्षीय पुरुष र नेपालगञ्जकै वडा नम्बर ११ का ४० बर्षीय पुरुष कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेशनमा बाँकेका ९८ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय २ जना छन् ।


