सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जिल्ला कारागारका कैदीबन्दीसँगै कारागार सुरक्षार्थ खटिने प्रहरीमासमेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप सात जना कैदीबन्दी, ६ जना प्रहरीसहित १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
उक्त कारागारबाट तीन दिनअघि कारागारका जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका प्रहरीगरी ३२ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्येमा १३ जनामा भाइरस पुष्टि भएको हो । एकजना कैदी भने लहमीका हुन् ।
यसअघि पनि नेपालगन्ज कारागारमा एकजना कैदीबन्दीमा भाइरस देखिएको थियो । यद्यपी उनी निको भएर फर्किसकेका छन् ।




