सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप तीन जना कोरोनामुक्त भएर आज डिस्चार्ज भएका छन् । नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट खजुरा गाउँपालिकाको वडा नं. २ का ३४ र ३८ बर्षीय पुरुष तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट ३१ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९१ पुगेको छ । अब आइसोलेशनमा बाँकेका ६२ जना र बहिरी जिल्लाका १० जना गरी ७२ जना छन् ।
बाँकेमा हालसम्म ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ ।


