२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोना जितेर थप पाँच जना डिस्चार्ज



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप पाँच जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरोना जितेर उनीहरु बिहीवार डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खजुरास्थित प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेशनबाट पाँचै जना घर फर्किएका छन् ।
अस्पतालबाट नेपालगञ्ज ६ का एक जना पुरुष, बैजनाथ गाउँपालिका १ का दुई जना पुरुष, गुर्भाकोट ६ सुर्खेतका एक जना पुरुष र ठाकुरबाबा नगरपालिका बर्दिया ५ का एक जना महिला डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ३ सय ८१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहीबार
ताजा समाचार