बाँकेमा थपिए २० जना कोरोना संक्रमित

१५ श्रावण २०७७, बिहीबार १३:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा बिहीवार एकैदिन थप २० जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा विभिन्न जिल्लाका गरी बिहीवार एकैसाथ ३६ जनामा संक्रमण देखिएको हो ।
आन्तरिक राजश्व कार्यालयमा केही दिनअघि कर अधिकृतमा कोरोना देखिएपछि कार्यालय शील गरि कर्मचारी र सेवाग्राहीको स्वाब संकलन गरि परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको छ । तिमध्ये ३ जना नेपालगञ्ज र १ जना राप्ती सोनारीका हुन् ।
यसैगरी नेपालगञ्ज ११ मा मात्रै १३ जना कोरोना संक्रमित देखिएका छन् । भेरी अस्पतालस्थित प्रयोगशालामा रहेको पिसिआर मेशिनमा प्रयोग हुने रियाजेन्टमा देखिएको समस्या लकडाउनले गर्दा केन्द्रबाट हुने आपुर्ती प्रकृयामा विलम्ब तथा प्रयोगशालाको आन्तरिक गुणस्तर मापनमा देखिएको त्रुटीका कारणले पिसिआरको नतिजा आउन ढिलाइ भएको अस्पतालले जनाएको छ ं । बुधवार १७३ नमुना सुर्खेतस्थित कर्णाली प्रदेशको प्रयोगशालामा पठाइएकोमा नतिजा प्राप्त भएको अस्पतालले जनाएको छ ।

Next Post

बाँकेमा आइतवारदेखि निषेधाज्ञा जारी

१५ श्रावण २०७७, बिहीबार १३:३४
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी)को बैठकले आइतवारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि आइतवारदेखि निषेधाज्ञा लगाउनु […]