सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जका दुई जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज वडा नम्बर ११ का ४० बर्षीय पुरुष र वडा नम्बर १२ का १८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बर्दियाको बढैयाताल १ का २५ बर्षीय पुरुष र दाङको तुलसीपुर ४ का ४० बर्षीय पुरुषमा कोरोना देखिएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।


