सदरलाइनडटकम,
नेपालगञ्ज : बिहीवार देशभर कोरोनाका १ सय ४७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभर संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
देशभर बिहीवार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन् । योसगैँ कोरोना मुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।


