नेपालगञ्ज कारागारका दुई जनामा कोरोना

२ श्रावण २०७७, शुक्रबार १५:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित कारागारका थुनुवा र एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि बन्दी जीवन विताइ रहेका नेपालगञ्ज ६ का २८ वर्षीय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
विरामी परेपछि थुनुवालाई भेरी अस्पताल लगिएको र आइसोलेशन वार्डमा राखेर दुई रात उपचार गरिएको थियो । थुनुवाको शरीरमा रगतको कमी भएपछि अस्पताल लगिएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
कोरोनाको शंका लागेर थुनुवालाई छुट्टै राखेर पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै गएका प्रहरीको पनि रिपोर्ट पोजेटिभ आएकोले दुबै जनालाई आइसोलेशन सेन्टरमा लगिएको कारागार प्रशासनले जनाएको छ ।
७ सय ७७ जना थुनुवा रहेको नेपालगञ्ज कारागारमा प्रशासनले लकडाउन अघिनै भेटघाटमा रोक लगाएको थियो । उनको सम्पर्कमा आएकाहरुको स्वाब लिने तयारी भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

शुक्रवार थपिए एक सय एकजना संक्रमित

२ श्रावण २०७७, शुक्रबार १५:५७
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]