नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ४० पुग्यो

२ श्रावण २०७७, शुक्रबार ११:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ । विश्वमा कोरोना संक्रमणको कारण ५ लाख ९२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएपछि नेपालमा मृतक संख्या ४० पुगेको हो । यसअघि बाँकेमा दुई जनाले ज्यान गुमाएका छन् ।


प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार मृत्यु भएको खबर शुक्रबारको अनलाइनखबर डटकमले प्रकाशित गरेको छ । बुधबार स्वाब संकलन गरेर सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

Next Post

बर्दियाको आइसोलेशनमा तेह्र जना मात्र

२ श्रावण २०७७, शुक्रबार ११:०३
सदरलाइनडटकम, बर्दिया : बर्दियाका आईशोलेशन सेन्टरमा केही मात्र कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आईशोलेशनमा १३ जना मात्र रहेका छन् । घर फर्किनेहरूको संख्या धैरै भएकाले स्वास्थ्यकर्मीको निगरानीमा बस्नेहरूको संख्या कम भएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । जिल्लामा जम्मा १३ जना संक्रमित घर जान बाँकी […]

सम्बन्धित