२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दिया र दाङका थप ४ जनामा कोरोना पुष्टि



सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दिया र दाङ गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमवार बर्दिया बढैयाताल २ का २६ बर्षीय पुरुष र मधुबन ९ का १८ बर्षीय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो ४८ घण्टामा गरिएका ८ सय नमुनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमबार
ताजा समाचार