सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको ‘ग्राफ’ बढिरहे पनि बाँकेका सरकारी कार्यालयले सेवा दिँदा त्यसको बेवास्ता गरिरहेका छन् । कोरोना संक्रमणका बारेमा नत सरकारी कार्यालय सचेत छन् नत सेवाग्राहीनै ।
जिल्ला वन कार्यालय बाँकेले आइतवारदेखि वितरण गर्न शुरु गरेको विभिन्न प्रजातिको बिरुवाका बेर्ना लिन भिडनै लागेको छ । यसबारेमा नागरिकसहित कार्यालयका कर्मचारीसमेत सचेत देखिएनन् । कार्यालयमा स्यानिटाइजर नभएपनि हात धुने साबुन पानीको समेत व्यवस्था गरिएको छैन ।
महामारीका रूपमा विश्वभर फैलिरहेको कोरोना भारईसलाई बेवास्ता गर्दै बेर्ना लिनेहरुको कार्यालय परिसरमा भिड लागेको छ । बन कार्यालयका कर्मचारीसँगै सेवाग्राहीसमेतले सामाजिक दुरीको पालना गरेनन् भने अधिकाँशले मास्कसमेत लगाउन उचित ठानेन् ।


