नेपालमा थप २३२ जनामा कोरोना पुष्टि

२० असार २०७७, शनिबार १७:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर २३२ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

Next Post

पाटेबाघको छालासहित पक्राउपछि सार्वजनिक

२० असार २०७७, शनिबार १७:०८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले पाटेबाघको हड्डी र छालासहित बाँकेमा एक जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रह्री प्रमुख ओमबहादुर रानाले बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. १ का ४६ वर्षीय नवराज घर्ती पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेको जनाकारी दिए । उनले सुराकीको आधारमा […]

सम्बन्धित