बाँकेमा थपिए सात कोरोना संक्रमित

१७ असार २०७७, बुधबार १७:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार ७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नयाँ संक्रमितमा ४ जना महिला र ३ जना पुरुष छन् । ती मध्ये ४ बर्षीया बालिका र ९ बर्षीय बालक पनि छन् । बाँकेमा अब संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । ती मध्ये ३ सय २० जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Next Post

कतार च्यारेटीको सहयोग बाँके युनेस्को मार्फत हस्तान्त्रण

१७ असार २०७७, बुधबार १७:१९
सदरलाइनडटकम, नेपालगञ्ज : कोभिड–१९ नोबल कोरोना भाईरसको महामारी विरुद्धको अभियानमा हातेमालो गर्दै बाँके युनेस्को क्लवले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके र बर्दियालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । क्लवले कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाईनमा खट्ने चिकित्सक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि बाँके र बर्दियाका विपद व्यवस्थापन समिति मार्फत ३०–३० थान सेट पीपीई […]